May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

छलफल नै गर्नको लागी बैठक स्थगित

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १४:४८
छलफल नै गर्नको लागी बैठक स्थगित
  • प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
  • निर्वाचन कार्यालय खारेज नगर्ने विषय बजेट
  • वक्तव्यमा कसरी समावेश गर्ने भन्नेबारे छलफल

काठमाडौं ।।

जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारको प्रतिवद्धतालाई बजेटमा समावेश गर्न प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारी प्रतिवद्धता बजेटमा कसरी समावेश गर्ने हो भनी प्रश्न उठाएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ दलहरु पनि जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा रहेको भन्दै बजेटमा उक्त प्रतिवद्धतालाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गर्न सकिने बताए ।

त्यसका लागि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । उक्त समयमा दलहरुको बैठक बसेर जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने विषय बजेट वक्तव्यमा कसरी समावेश गर्ने भन्नेबारे छलफल हुनेछ ।

  • साझा परिवेश
  • बुधबार, असार १३, २०८० १४:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।