July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अजिंगररूपी भ्रष्टाचारले सास फेर्न नसक्ने बनायो : खनाल

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:१५
अजिंगररूपी भ्रष्टाचारले सास फेर्न नसक्ने बनायो : खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरेको उनले उल्लेख गरेका छन् ।

अनेरास्ववियूको ५९औँ स्थापना दिवस एवं युवा संघ नेपालको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले देश चौतर्फी संकटबाट गुज्रिरहेको बताएका छन् । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले श्रमजीवी युवा खाडी मुलुक, मलेसिया र युवा विद्यार्थी अस्ट्रेलियातिर जान बाध्य भइरहेको पनि उनले उल्लेख गरेका छन् ।

“…युवा तथा विद्यार्थीहरू ! तपाईंहरूलाई थाहा छ, हाम्रो देश यति बेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । तर, देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचाररूपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ,” पूर्वप्रधानमन्त्री खनालले सन्देशमा लेखेका छन्, “बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवी युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलियातिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसद्ले जनता र राष्ट्रलाई कुनै समधान दिन सकिरहेको छैन ।”

यस्तो अवस्थामा वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवा एकजुट हुनु जरुरी रहेको उनले औँल्याएका छन् । समाजवादतिरको यात्रालाई तीव्र र व्यापक पार्न जरुरी रहेकामा उनले जोड दिएका छन् ।

देशका कतिपय वामपन्थी शक्ति मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निसाना के हो भन्ने कुरामै अन्योलग्रस्त र दिशाहीन देखिएको उनको भनाइ छ । अहिलेको सम्पूर्ण समस्या, विकार र विकृतिको एक मात्र समधान समाजवाद भएको उनको निष्कर्ष छ ।

दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निसाना केन्द्रित गर्नुपर्ने उनको धारणा छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्