April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

नेपाल–बंगलादेश ऊर्जा बैठक हुँदै

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:३९
नेपाल–बंगलादेश ऊर्जा बैठक हुँदै

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा बैठक आजदेखि बंगलादेशमा सुरु हुँदैछ । वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने तय भएको छ ।

पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले गर्दैछन् भने बंगलादेशकातर्फको नेतृत्व त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् ।

बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत व्यापार गर्ने योजना छ । बैठकका बंगलादेशले सोलार बिजुली उत्पादनको अनुभव र नेपालले जलविद्युत आयोजना विकासको अनुभव पनि साटासाट गर्ने कार्यतालिका छ ।

बैठकमा सुनकोशी–३ को आयोजना विकासका सम्बन्धमा छलफल हुनेछ । यो परियोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने सहमति भइसकेको छ र त्यसअनुसार नेपालले बंगलादेशलाई सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बंगलादेशलाई पनि उपलब्ध गराएको छ । यसबारे अध्ययन गरेर आयोजना अघि बढाउने सहमति अनुसार बैठकमा सुनकोशी–३ को निर्माणका लागि संयुक्त कम्पनी स्थापनाबारे छलफल हुनसक्ने सम्भावना छ ।

९ भदौ २०७९ मा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको थियो । सो प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेशको सहमतिअनुसार अब आयोजनाका लगानीको मोडालिटीमाथि छलफल हुनेछ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० ११:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट