sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आम्दानीभन्दा सरकारको खर्च बढी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १३:३७
आम्दानीभन्दा सरकारको खर्च बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को १० महिना सकिएको छ । आर्थिक वर्षको १० महिनामा सात खर्ब ९७ अर्ब ३४ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । तर, उक्त अवधिमा १० खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको तथ्यांक छ ।सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण लक्ष्यअनुरूप राजस्व उठ्न नसकेको बताइएको छ । अर्थतन्त्रमा समस्या आएको भन्दै सरकारले विलासिताका बस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले आठ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यसले गर्दा पनि यो वर्षको वैशाख मसान्तसम्म बजेट घाटा दुई खर्ब ५० अर्ब ४१ लाख रुपैयाँ छ । अनिवार्य दायित्वतर्फ चालु आर्थिक वर्षको वैशाखसम्म सात खर्ब ८६ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखाका अनुसार सहायता र अन्य प्राप्तिबाहेक राजस्व संकलन भने सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ भएको छ । उक्त राजस्व संकलनले सरकारको अनिवार्य दायित्व भुक्तानी गर्न सक्ने स्थिति छैन । चालु वर्षमा सरकारले राखेको राजस्व लक्ष्य पूरा नहुने देखिन्छ । यो वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । हालसम्म लक्ष्यको ५३.९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यो वर्षभरि नै अर्थतन्त्रमा दबाब परेकाले पनि राजस्व संकलनमा कमी आएको हो ।

महालेखाका अनुसार वैशाख मसान्तसम्म पुँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ भएको छ । चालु वर्षमा सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

वैशाखमा राजस्व संकलनले लक्ष्य भेटेन

सरकारले चालु आर्थिक वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाखमा ७२ अर्ब ८७ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखाले जनाएको छ । यस महिना लक्ष्यभन्दा ४२ अर्ब ९० करोड ८५ लाख रुपैयाँ कम राजस्व संकलन भएको तथ्यांकले देखाउँछ । गत चैतमा एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid