March 28, 2024 | बिहिबार, चैत्र १५, २०८०
सुचनाहरु
एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो नेपाल प्रहरीका ८ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि

आम्दानीभन्दा सरकारको खर्च बढी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १३:३७
आम्दानीभन्दा सरकारको खर्च बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को १० महिना सकिएको छ । आर्थिक वर्षको १० महिनामा सात खर्ब ९७ अर्ब ३४ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । तर, उक्त अवधिमा १० खर्ब ४७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको तथ्यांक छ ।सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण लक्ष्यअनुरूप राजस्व उठ्न नसकेको बताइएको छ । अर्थतन्त्रमा समस्या आएको भन्दै सरकारले विलासिताका बस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले आठ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यसले गर्दा पनि यो वर्षको वैशाख मसान्तसम्म बजेट घाटा दुई खर्ब ५० अर्ब ४१ लाख रुपैयाँ छ । अनिवार्य दायित्वतर्फ चालु आर्थिक वर्षको वैशाखसम्म सात खर्ब ८६ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखाका अनुसार सहायता र अन्य प्राप्तिबाहेक राजस्व संकलन भने सात खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ भएको छ । उक्त राजस्व संकलनले सरकारको अनिवार्य दायित्व भुक्तानी गर्न सक्ने स्थिति छैन । चालु वर्षमा सरकारले राखेको राजस्व लक्ष्य पूरा नहुने देखिन्छ । यो वर्ष सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । हालसम्म लक्ष्यको ५३.९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यो वर्षभरि नै अर्थतन्त्रमा दबाब परेकाले पनि राजस्व संकलनमा कमी आएको हो ।

महालेखाका अनुसार वैशाख मसान्तसम्म पुँजीगत खर्च एक खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ भएको छ । चालु वर्षमा सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

वैशाखमा राजस्व संकलनले लक्ष्य भेटेन

सरकारले चालु आर्थिक वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाखमा ७२ अर्ब ८७ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको महालेखाले जनाएको छ । यस महिना लक्ष्यभन्दा ४२ अर्ब ९० करोड ८५ लाख रुपैयाँ कम राजस्व संकलन भएको तथ्यांकले देखाउँछ । गत चैतमा एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट