sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“नेपाली कांग्रेस पार्टी हावा न चावाको ” : ओली

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० ११:५४
“नेपाली कांग्रेस पार्टी हावा न चावाको ” : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् ।

३१ औं मदन-आश्रति स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका हुन् ।

देशलाई यस्तो स्थितिमा पुर्याउनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भएको आरोप ओलीले लगाएको छ । कांग्रेस कर्तव्यविमुख भएको भन्दै ओलीले कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किंकर्तव्य विमुढ, भोलि कहाँ जाने केही थाहा छैन जस्तै छ, आज देशलाई कसरी सही बाटोमा लैजाने हो त्यसमा सोच्न सक्ने अवस्थामा छैन ।’ वर्तमान सत्ता गठबन्धन नीति, कार्यक्रम र उद्देश्यविहीन भएको आरोपसमेत लगाए ।

यसको अर्थ एमाले एक्लैले यो अभिभारा पूरा गर्नुपर्ने भएको उनले बताए । तर सत्ताको लागि मात्र कसैसँग नमिल्ने उनले बताए । जनताको लागि, सुशासनका लागि र विकासका लागि भने अरुसँग एमाले मिल्न सक्ने उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid