May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द

प्रभावकारी कामको लागि गृह मन्त्रालयमा समिति गठन

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१२
प्रभावकारी कामको लागि गृह मन्त्रालयमा समिति गठन
  • सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयद्वारा अध्ययन समिति गठन 
  • सोमबार गृहमन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक बस्यो 
  • गुणात्मक ढंगले अघि बढाउने र जनताले महसुस गर्ने गरि परिवर्तन ल्याउने 

काठमाडाैं।।

सुशासन, समृद्धि र सामाजिक न्यायसहितको सरकारको लक्ष्यलाई प्रभावकारी बनाउन गृहमन्त्रालयले अध्ययन समिति बनाएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको लक्ष्य र गृहमन्त्रालय अन्तर्गतका निकायहरुको कार्यसम्पादनमा प्रभावकारिकता ल्याउन पूर्वमूख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेका हुन् । सोमबार गृहमन्त्रालयमा अध्ययन समितिको पहिलो बैठक समेत बसेको छ। समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन व्यवस्थापन, विपद न्यूनीकरण तथा व्यवस्थापन र राष्ट्रिय परिचयपत्रको क्षेत्रमा सुधार गर्न अध्ययन गरेर प्रतिवेदन पेश गर्ने उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले बताए।

उक्त क्षेत्रमा अध्ययन गर्न पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्यालको संयोजत्वमा नेपाल प्रहरी, बिषयगत उपसमिति, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको संयोजकत्वमा शसस्त्र प्रहरी बल उपसमिति, पूर्व सचिव शरद चन्द्र पौड्यालको संयोजकत्वमा अध्यागमन व्यवस्थापन उपसमिति गठन गरिएको छ भने पूर्व सचिव लक्ष्मीप्रसाद ढकाल संयोजकत्वको कारागार व्यवस्थापन उपसमिति र पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा स्थानीय प्रशासन र सेवा प्रवाह उपसमिति गठन गरिएको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले समृद्धिको लक्ष्यलाई गुणात्मक ढंगले अघि बढाउने र जनताले महसुस गर्ने गरि परिवर्तन ल्याउन सरकारले आवश्यक अध्ययन गर्ने र अध्ययन प्रतिवेदनलाई दृढतापूर्वक कार्यान्वयन गर्ने बताए। अध्ययन समितिलाई तीन महिनाको कार्यादेश दिइएको छ भने समिति र उपसमितिमा रहेका सदस्यहरुले स्वयंसेवकको रुपमा काम गर्ने श्रेष्ठले जानकारी दिए। गत कार्तिक २४ गते गृहमन्त्रालयले बिभिन्न क्षेत्रको कामहरुलाई अध्ययन गर्न समिति र उपसमिति गठन गर्ने निर्णय गरेको थियो।

 

 

 

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।