May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

कांग्रेसले माओवादी र जसपालाई सरकार छाड्न गर्यो आग्रह

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १६:३६
कांग्रेसले माओवादी र जसपालाई सरकार छाड्न गर्यो आग्रह

विराटनगर । नेपाली काङ्ग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले बैठकले माओवादी केन्द्र र जसपालाई तत्काल सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश सरकारसँग माग गरेको छ । त्यस्तै आन्दोलरत पक्षलाई पनि संयमता अपनाउन आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति पनि बनाएको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

ल्यापटपको बजेट किसानलाई देऊ

काङ्ग्रेस संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयले सांसदका लागि एकसय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ।

काङ्ग्रेस दलको बैठकले ल्यापटप खरिदका लागि छुट्याइएको एक करोड ५० लाख रूपैयाँ किसान लक्षित कार्यक्रममा खर्च गर्न सरकारलाई आग्रह गरेको संसदीय दलका नेता थापाले जानकारी दिए ।

कोशी प्रदेशको झापा र इलाममा पशु चौपायमा रोग फैलिएको छ । चौपाया मरेर क्षति पुगेका किसानलाई ल्यापटप खरिदका लागि छुट्याइएको बजेट खर्च गर्न दलका नेता थापाले आग्रह गरे । प्रदेशसभा सचिवालयले ल्यापटप खरिद गरे काङ्ग्रेसले नलिने उनले बताए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।