May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

युरोकप आयोजक जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:३६
युरोकप आयोजक जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित

काठमाडौं । युरोकप २०२४ को आयोजक जर्मनी अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अस्ट्रियाले दश खेलाडीमा समेटिएको जर्मनीलाई २ – ० गोलले पराजित गरेको हो ।

युलियन निगल्समनको नेतृत्वमा रहेको जर्मनीको यो लगातार दोस्रो हार हो । घरेलु टोली अस्ट्रियाका लागि २९ औं मिनेटमा मार्शेल जाबिट्ज्जाले गोल गरेका थिए ।

१-० ले पछि परेको जर्मनीलाई दोस्रो हाफमा थप झड्का लाग्यो । ४९ औं मिनेटमा लियोरी साने रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि जर्मनी दश खेलाडीमा झरेको थियो । सानेको आफ्नो व्यावसायिक फुटबल करियरमा पहिलो पटक रातो कार्ड पाएका हुन् ।

७३ औं मिनेटमा क्रिस्टोफले गोल गर्दै अस्ट्रियालाई २-० गोलको जित दिलाएका हुन् । बायर्न म्युनिखका पूर्वप्रशिक्षक निगल्समनको टोलीले यसअघि टर्कीसँग हार बेहोरेको थियो । पछिल्लो समय विश्वकप र युरोकपमा खराब प्रदर्शन गरेको जर्मनी २०२४ मा घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।