December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

हिमालयन रिको आईपीओ भोलिदेखि

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:५१
हिमालयन रिको आईपीओ भोलिदेखि

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा मंसिर ४ देखि आवेदन दिन पाइने भएको छ। कात्तिक २१ गतेदेखि आवेदन खुला हुने भनिएको आईपीओ मंसिर ४ गतेसम्मका लागि धकेलिएको थियो।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला हुने भनिएकामा कम्पनीले तिहार बिदा परेको कारण देखाइ आवेदन अवधि पछि सारेको थियो।

हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ निष्कासन गर्दै छ। जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा जानेका लागि सुरक्षित गरिएको छ। पहिलो चरण अब मंसिर ४ गतेदेखि वैदेशिक रोजगारीमा जानेले आईपीओ भर्न पाउनेछन्।

हिमालयन रिको आईपीको प्रतिकित्ता १ सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरेर २ सय ६ रुपैयाँ दरमा निष्काशन हुँदैन। कम्पनीको आईपीओमा १० देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन रिको आईपीओलाई इक्राएनपी इस्यूअर रेटिङ ए प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ। हिमालयन रिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।