June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने ‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’ २९ जना जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै इच्छाकामना मन्दिर खोलियो

फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका मेहता अझै फरारै

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० २0:२५
फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका मेहता अझै फरारै

गनेश कुमार यादव

इनरुवा । फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका इनरुवा-९ बबिया घर भएका बिजय मेहता अझै फरार रहेका छन् ।

मेहता लामाे समयदेखि मेहता फरार छन् । मेहता विरुद्ध देवानगंज गाउँपालिका वडा नं-७ का २१ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा एकसाथ उजुरी दायर गरेक पश्चात् उनी फरार छन् ।

भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेका मेहता सम्पर्कमा नआए पश्चात् श्रम विभागमा समेत मुद्दा दायर गरेकाे देवानगंज-१ निवासी गणेश प्रसाद यादवले जानकारी दिए ।

मेहताले देवागंज गाउपालिका वडा नं-७ का २३ जना युवाहरुलाई फ्रि भिसा, फ्रि टिकट सुविधामा पठाएकाेर उनीहरुसँग लाखौं रुपैयाँ ठगी गरेका थिए ।

सरकारी श्रम सुविधा फ्रि भिसा, फ्रि टिकटमा युवाहरुलाई मेहताले द्धितिया इन्टरनेशनल कम्पनी मार्फत मलेसिया पठाएकाे थियाे ।

मलेसिया गएका युवाहरुले अहिले कम्पनीको एग्रिमेन्ट अनुसार तलव सेवा सुविधा नपाएकाे मेहतालाई बारम्बार गुनासाे गरेकाे तर कुनै सुनवाइ नभएकाे यादवले जानकारी दिए ।

नेपालबाट २३ सय मलेसियन रिङ्गेट दिने कम्पनीकाे एग्रिमेन्टमा उल्ख छभने हाल कसैले ८ सय कसैले १२ त कसैले १५ सय मलेसियन रिङ्गेट पाइरहेको यादवले जानकारी दिए ।

उक्त बिषयमा सुनसरी क्षेत्र नं-२ बाट निर्वाचित संघिय सांसद तथा प्रदेस सांसदहरुलाई पनि बारम्बार जानकारी गराएता पनी हाल सम्म आफुहरुले न्याय नपाएकाे र आफुहरुले परिवर्तनकाे आसमा उनिहरुलाई मत दिएर निर्वाचित गराई परिवर्तन गर्याैं तर परिवर्तन भए त उम्मेदवार मात्र समस्याहरु जस्ताकाे त्यस्तै छ भनेर यादव बताउछन् ।

यादवले भने”मानवीय ज्युहरुले ससाना कुराहरु संसद भवनमा उठाउनुहुन्छ तर आफ्ना क्षेत्रका युवाहरु एजेन्टकाे चङ्गुलमा फसेर समस्या रहेकाे थाहा भएतापनी आज सम्म एक पटक पनि संसद भवनमा उक्त बिषय उठाउनु भएन ।,`बारम्बार उक्त घटनाबारे जानकारी गरायाैंतर वहाहरुले कुनै सुनवाइ गर्नुभएन।”

यादवका अनुसार एजेन्ट मेहता कांग्रेस पार्टीका नेताहरुकने आडमा अहिले निम्न वर्गका मानिसहरुलाई ठग्दै आएकाे र उनी विरुद्ध प्रमाण सहित मुद्दा दायर हुँदापनी हाल सम्म पक्राउ परेका छैनन् ।

याे पनि हेर्नुहाेस् :

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० २0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।