एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले काजकस्तानसँग खेल्दैछ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।
नेपाल आज काजकस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने काजकस्तान समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको हो ।