December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १२:१0
घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै
  • गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गाको कारोबार बढ्यो
  • अन्य कर्जाको तुलनामा घरकर्जा सस्तोमा उपलब्ध गराउँदा समस्या 
  • कारोबार बढे पनि राजस्व भने अघिल्लो वर्षको तुलनामा घट्यो 

काठमाडौँ ।। 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको भदौमा घरजग्गा कारोबार बढेको छ।  सरकार र राष्ट्र बैंकले घरजग्गाका लागि खुकुलो नीति ल्याएसँगै कारोबार सामान्य वृद्धि भएको हो। गत आर्थिक वर्ष ३४ हजार ७२३ लिखित पारित भएकोमा यस वर्ष ३५ हजार ६८६ लिखित पारित भएका छ। भदौमा कुल कारोबा-सेवा १ लाख २० हजार भएका छन्। अघिल्लो वर्ष १ लाख ८ हजार थियो। राष्ट्र बैंकले घरजग्गा कारोबारको जोखिम भार घटाएकाले कर्जा विस्तारमा सहज भएको छ। बाणिज्य बैंकले अन्य कर्जाको तुलनामा घरकर्जा सस्तोमा उपलब्ध गराउँदा कारोबार बढेको व्यवसायीहरू बताउँछन्।

भदौमा राजस्व ३ अर्ब २ करोड रुपैयाँ संकलन भएको छ। सेवा कर २५ करोड, रजिष्ट्रेशन दस्तुर १ अर्ब ९९ करोड र पुँजीगत लाभकर १ अर्ब ९ करोड रुपैयाँ संकलन गरेको छ। राजस्व संकलन काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट बढी भइरहेको छ। लगनखेल कार्यालयबाट ३३ करोड, भक्तपुर कार्यालयबाट २२ करोड, डिल्लीबजार कार्यलयबाट २४ करोड, चावहिल २० करोड, कलंकीबाट १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  कारोबार बढे पनि राजस्व भने अघिल्लो वर्षको तुलनामा घटेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत वर्ष ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।