May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

खुट्टा गुमाएका कीर्तिमानी आरोहीलाई ओलीको सम्मान

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १४:३४
खुट्टा गुमाएका कीर्तिमानी आरोहीलाई ओलीको सम्मान

काठमाडौं । नेकपा (एमाले)ले कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले बुढामगरलाई सम्मान गरेका हुन् । यही जेठ ५ गते दिउँसो ३ बजे बुढामगर सगरमाथाको शिखर उक्लिएका थिए । त्योसँगै उनले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरे । दुवै खुट्टाको घुँडासम्मको अंग गुमाएका उनले सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हुन् ।

बुढामगरलाई सम्मान गर्दै अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सबैका लागि प्रेरणादायी कार्य भएको बताए ।मानिसले सहास र संल्कप गरे असम्भव लाग्ने कार्य पनि सम्भव हुने उनले उल्लेख गरे । उनले विदेशी सेनामा भर्ना भएका नेपालीका विषयमा नेपाल सरकारले गम्भीरताका साथ वार्ता गर्नुपर्नेमा जोड दिए ।

कीर्तिमानी आरोही बुढामगरले अपांगता भएका व्यक्तिलाई दया-मायाभन्दा पनि अवसर दिनुपर्ने बताए । उनले सगरमाथा आरोहणसँगै आफूलाई नेपाल र नेपालीको शिर सगरमाथाजस्तै उच्च राख्न सकेको अनुभव भएको उल्लेख गरे ।

आउँदा दिनमा अपांगता जागरणका लागि काम गर्ने उनको भनाइ छ । बुढामगरले बाध्यताका कारण १५ वर्ष ब्रिटिसको जागिर खानुपरेको भन्दै अब देशको सेवा गर्ने बताए । रोल्पाका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ १४, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।