May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० 0६:१८
पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

कास्की । पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको अबसर पारेर संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले रत्न मन्दिर र पार्क खुल्ला हुने गरी उदघाटन गर्नु भएको हो ।

रत्न मन्दिर उद्घाटन गर्दै मन्त्री किराँतीले यहाँ रहेको मन्दिर, पार्क, यहाँबाट देखिने फेवाताल, बाराही मन्दिर उत्तरतर्फ रहेका सुन्दर हिमश्रृङखलाको दृष्य देखिने यो ठाउँलाई पोखराको प्रमुख पर्यटकीय गन्तबयको रुपमा बिकास गर्नुपर्ने बताउनु भएको छ ।

पोखरा ८ लेकसाईडस्थित १ सय ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कसहितको रत्न मन्दिर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमति रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्यहरु पोखरा आउँदा बस्नेगरेका थिए ।

लामो समय राज दरवारको सम्पती र राजा पोखरा आउँदा बस्ने दरवारको रुपमा स्थापित सो पार्क बिसं २०६७ पछि नेपाल ट्रष्टको मातहात गएको थियो ।

पोखराको मुख्य पर्यटकिय क्षेत्र फेवातालको किनारमा रहेको रत्न मन्दिर तथा दरवार खुल्ला भएसँगै पोखरामा अर्को पर्यटकीय गन्ज्तब्य स्थल थपिएको पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले बताउनु भयो ।

फेवाताल किनारमा बनेको रत्न मन्दिर ताल अबलोकन तथा आराम गर्ने दरवारको रुपमा स्थापित उक्त क्षेत्रमा रहेको पार्कभित्र बिभिन्न १० वटा भवन, तालघर बगैंचा रहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० 0६:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।