May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने साहित्यकला मन्दिरको घोषणा

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:२३
विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने साहित्यकला मन्दिरको घोषणा
  • साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै
  • विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै
  • मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गर्यो 

काठमाडौं ।।

लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै घोषणा गरेको छ ।  साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विज्ञानका विद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, ‘सरस्वती सम्मान’ प्रसिद्ध कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे तथा व्यङ्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरिएको छ । साहित्यकला मन्दिरले नारायण गोपाल संगीत सम्मान संगीतकार एवम् लोकगायिका झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ ।  साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट