sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लिभिङ टुगेदर सम्बन्धमा बसेको महिलाको प्रेमीबाटै हत्या

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:0९
लिभिङ टुगेदर सम्बन्धमा बसेको महिलाको प्रेमीबाटै हत्या

जनकपुरधाम ।  सप्तरीमा लिभिङ टुगेदर सम्बन्धमा बसेका पुरुषबाटै महिलाको हत्या भएको छ। श्रीमान्‌को मृत्युुपश्चात् अन्य पुरुषसँग लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएकी सप्तरीको बलान बिहुल गाउँपालिका ५ घर भई राजविराज नगरपालिका ४ बजरंग चौकमा भाडा लिएर बस्दै आएकी ४१ वर्षीया सोनिता देवी यादवको हत्या आरोपमा प्रेमी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

हत्या आरोपमा राजविराज(६ पुर्णीपोखरी टोल बस्ने ४२ वर्षीय शंकर शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

प्रवक्ता सिंहका अनुसार मृतक र आरोपित दुबैजना लिभिङ टुगेदर सम्बन्धमा थिए।
शर्माले सोनिताको अरु व्यक्तिसँग सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार घटनाको दिन बैशाख २३ गते साँझ शर्मा सोनिता बस्दै आएको भाडाको घरमा गएका थिए। सोनिताको अन्य व्यक्तिसँग सम्बन्ध रहेको शंका शर्मालाई रहेकोमा सोही दिन दिउसो सोनिताले राजविराज वजारमा कोही केटासग गफ गरीरहेको देखेका थिए।
दुबैजना बिच विवाद हुँदा हल्ला भएको सुनेर घरधनी शान्ति साह उनीहरुको कोठामा आउँदा लेनदेनको विषयको विवाद रहेको भन्दै घरधनीलाई पठाएका थिए।

पुनः राती करीव १०र११ बजेको समयमा सोनिताको लागी धेरै रकम खर्च गरेको, अहिले आएर उनी अरु कोहीसंग लागेको, आफुसंग टाढा हुदै गएको जस्तो महसुस भएपछी पुनः दुबैजना बिचमा विवाद सुरु भएको थियो। विवादकै क्रममा शर्माले राती २र३ बजे तिर, मेरो पैसा, जिन्दगी सवै वर्वाद पारीस भन्दा सोनिताले आफ्नो सलले आफैले घाटीमा वेरी म मरीदिन्छु भनी धम्काउन थालेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

त किन मर्छेस, मै मारी दिन्छु भनी सोनितालाई शर्माले धकेलेपछि सोनिता खाटको किनारामा ठोकिएर अनुहारमा चोट लागगेपछी शर्माले उठाएर खाटमा राखी घाटीमा बेरिएको सललाई जोडले कसेर हत्या गरेका थिए।

करिब १० मिनेटपछि सोनिताको मृत्युु भएपछि सोनिताले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर फरार भएका थिए।

घटनाको अर्को दिन दिउँसो शर्मा नेपालको सिमाना नजिकको भारतीय भूमी अन्डामड एरियामा गएर मृतकको मोवाइल प्रयोग गरी राजविराज – ६ बस्ने दिदिलाई घटनाको वारेमा वताई गएर हेर्न अह्राएका थिए। तर गएर हेर्न अस्वीकार गरेको प्रवक्ता सिंहले बताए।
अनुसन्धानको क्रममा शर्मालाई बैशाख २६ गते तिलाठी कोईलाडी – १ को एरियामा लुकीछिपी भाग्दै गरेको अबस्थामा पक्राउ गरिएको हो।

प्रहरीले शर्माको साथबाट मृतकको मोवाइल र कानमा लगाउने सुनको जस्तो देखिने मुन्द्रा समेत वरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid