May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भरतपुरमा ‘पेट स्क्यान मेसिन’ खरिद लागी बजेट छुट्याईयो

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:४३
भरतपुरमा ‘पेट स्क्यान मेसिन’ खरिद लागी बजेट छुट्याईयो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा दशौँपटक भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिदको विषय समेटिएको छ । १० वर्षअघि आर्थिक वर्ष २०७०-०७१ को बजेटमा भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन र त्यसका लागि साइक्लोट्रोन खरिदका लागि १६ करोड रुपैयाँ छुट्याइएको थियो ।

सोही शीर्षकमा सरकारले आर्थिक वर्ष ०७१-७२ मा ४५ करोड, ०७२-७३ मा ४० करोड, २०७३-७४ मा ५५ करोड रकम विनियोजन गरेको थियो । तर, मेसिन खरिद हु्न भने सकेन बरु वर्षैपिच्छे बजेट फ्रिज भइरह्यो । आर्थिक वर्ष २०७४-०७५ को बजेटमा यो विषय नछोइए पनि आर्थिक वर्ष २०७५-०७६ मा भरतपुुर अस्पतालमा पेटस्क्यान मेसिन खरिद गर्न भन्दै सरकारले पुनः २० करोड रुपैयाँ छुुट्यायो ।

आर्थिक वर्ष २०७६-०७७ को बजेटमा ‘बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर क्यान्सर अस्पताल’को विस्तारित सेवाका लागि आवश्यक रकम भन्ने शीर्षक समेटियो । त्यस्तै, ०७७-०७८ तथा ०७८-०७९ को बजेटमा नछोइएको यो विषय फेरि ०७९-०८० मा समेटियो ।

चालुु आर्थिक वर्षको बजेटमा भरतपुुर क्यान्सर अस्पतालमा पेट स्क्यान मोसिन तथा साइक्लोट्रोन उत्पादन गर्ने मेसिन खरिद गर्न आवश्यक रकम विनियोजन गरिएको उल्लेख छ । आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि अर्थमन्त्री प्रकाशशरण महतद्वारा प्रस्तुत बजेट वक्तव्यमा पनि ‘भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन तथा साइक्लोट्रोन उत्पादन गर्ने मेसिन खरिद गर्न आवश्यक रकम विनियोजन गरिएको’ उल्लेख छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट