May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

कार्यशैली सच्याउन देउवालाई शेखरको आग्रह

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १३:२६
कार्यशैली सच्याउन देउवालाई शेखरको आग्रह
  • देउवालाई भेटेर शेखरले दिए कार्यशैली सच्याउन चेतावनी
  • प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिए

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका छन् । शेखर-गगन पक्षको बैठकको भोलिपल्ट बुधबार सभापति देउवालाई भेटेका शेखरले अहिलेको शैलीलाई सुधार गर्न आग्रह गरेका हुन् । शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।

देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए । ‘प्रदेशका कुनै पनि सरकार बनाउँदा छलफल नगरेको कुरा शेखर दाइले राख्नुभयो । केन्द्रीय समितिमा एकलौटी तरिकाले मनोनित गरिएको कुरा पनि उठाउनुभयो’, शेखर गगन पक्षका एक नेताले भने ।

देश र पार्टी कमजोर भएपनि यसबीचमा पार्टीभित्र गम्भीर छलफल नभएको शेखरले बताएका छन् । ‘तपाईले आजदेखि कि कोर्स करेक्सन गर्नुस् । होइन भने हामी आफ्नो तरिकाले अघि बढ्छौं । तपाई आफ्नो तरिकाले चल्नुहुन्छ भने भेटेर के औचित्य रह्यो र ? ’ देउवासँग शेखरको भनाइ उद्दृत गर्दै ती नेताले भने । प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिएका थिए । सभापतिको जवाफ परम्परागत भएको संस्थापनइतरका ती नेताले बताए ।

संस्थापनइतरका एक नेताका अनुसार महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेसहित सबै पदाधिकारीले देउवालाई भेट्ने तय भएको थियो । महामन्त्री थापा र सहमहामन्त्री पाण्डे बीपी साहित्य महोत्सवमा व्यस्त भएकाले जान नसकेको संस्थापनइतरका एक नेताले जानकारी दिए । ‘हाम्रो समूहको बैठकमा सभापतिलाई भेटेर सबै कुरा जाहेर गर्ने निर्णय भएको थियो । धेरै कुरा शेखर दाइले सभापतिसँग राख्नुभएको छ’, संस्थापनइतरका एक नेताले भने ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा सुरु हुँदैछ । उक्त बैठअघि शेखर–गगन पक्षको मंगलबार बसेको बैठकले पार्टीमा देउवा पक्षले एकलौटी गरेको र गत साउनमा बसेको केन्द्रीय समितिले तय गरेको कार्यसूची प्रभावित हुने आशंका गरेका थिए ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट