July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

विद्यार्थी चौरमा पढ्न बाध्य

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:४९
विद्यार्थी चौरमा पढ्न बाध्य

सिमकोट – विद्यार्थीलाई चौरमा बसेर पढ्नुुपर्ने बाध्यता आइलागेको छ। तीन दिनदेखि परेको वर्षाका कारण माथिबाट आएको पानीको भल कक्षामा पसेपछि हिलाम्मे कोठामा यसरी पढ्नुपरेको हो।

ताँजाकोट गाउँपालिका–१ काँडागाउँको जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले दुुई दिनको वर्षाले गर्दा माथिबाट पानीको भल कक्षाकोठामा पस्दा विद्यार्थीलाई विद्यालयको चौरमा पठनपाठन गर्नुपरेको बताए।

कोठामा भल पसेपछि ६ वटा कोठा हिलोको लेदो भरिएर हिलाम्मे हुँदा त्यहाँ विद्यार्थी बस्न सक्ने अवस्था नहुँदा चौरमा बसेर पढाउनुपरेको हो। कक्षा तीन र ६ देखि १० कक्षाका गरी ६ वटा कोठामा हिलोसहित पानीको भल पसेकाले सबै कक्षाका विद्यार्थीलाई चौरमा राखेर पठनपाठन गरिएको होे।

कक्षा कोठाको पछाडिको भाग गत वर्ष पहिरो गएकाले पानी पर्नेबित्तिकै कक्षामा भल छिर्ने गर्छ। सो पहिरो नियन्त्रण नभएसम्म यो समस्या बारम्बार भोग्नुपर्ने अवस्था छ। चौरमा पढाइ भइरहेका बेला पानी पर्दा विद्यार्थीलाई छुुट्टी दिनुुको अर्को विकल्प विद्यालयसँग नभएको बताउँदै उनले गतव र्ष गएको पहिरोका कारण क्षति व्यहोर्नुपरेको जानकारी दिए।

जेठमा परेको वर्षाले यति दुःख दिएको र बर्खा लाग्न बाँकी रहेकाले यस वर्ष धेरै समस्या भोग्नुुपर्ने अवस्था देखिएको विद्यालयले जनाएको छ।

सो विद्यालयमा गत वर्ष पहिरो जाँदा क्षती पुुगेको भवनको अवस्था पनि जीर्ण छ। बालविकासदेखि कक्षा दशसम्म उक्त विद्यालयमा ३३२ जना विद्यार्थी अध्ययन गरिरहेका छन्।

कक्षामा भल पसेर विद्यार्थी चौरमा पढ्न बाध्य भएको जानकारी पाएपछि गाउँपालिकाको एक टोली अनुुगमनका लागि विद्यालयमा आइपुुगेको थियो।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १३:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्