July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:१0
छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

कपिलवस्तु  । माध्यमिक तह अध्ययन गर्न सहज गराउन विजय नगर गाउँपालिकाले छात्राहरूलाई साइकल वितरण गरेको छ । आधारभूत तह उत्तीर्ण हुनु भएका दुई सय ८० छात्राहरूले उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन स्वरूप साइकल उपहार दिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ । पालिकाले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान सञ्चालन गरी छात्राहरूको विद्यालय छाड्ने दर शून्यमा झार्ने अभियान चलाएको छ । आधारभूत तह अध्ययन पछि छात्राहरूले विद्यालय टाढा भएर छोड्ने, घरायसी काममा व्यस्त हुँदा माध्यमिक र उच्च शिक्षा अध्ययन नगर्ने प्रचलन रहेकोले ‘छोरी पढाउ, छोरी बचाउ’ अभियान चलाएको थापाले बताउनु भयो ।

प्रदेश सरकार र विजय नगर गाउँपालिकाको संयुक्त साझेदारीमा उक्त सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । यसै गरी ४ सय ३२ जना छात्रालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । गाउँपालिकाले कक्षा ९ मा अध्ययनरत छात्रा विद्यार्थीलाई साइकल र कक्षा ६ मा अध्ययनरत छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा ६ का विद्यार्थीलाई झोला, एक÷एक दर्जन कपी, कलम र कक्षा ९ विद्यार्थीलाई साइकल प्रदान गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीले घरायसी काम मात्र सीमित नभएर उच्च शिक्षा र रोजगारीको अवसर समेत हासिल गर्न सक्ने वातावरण सिर्जना गर्न अवसर दिएको बताउनु भयो । ग्रामीण क्षेत्रका अभिभावकहरूले छात्राहरूलाई शिक्षामा लगानी गर्न चासो नदिने हुँदा पालिकाले योजना बनाई लागु गरेको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताउनु भयो ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्