April 21, 2025 | सोमवार, बैशाख ९, २०८२
सुचनाहरु
पाथीभरा जाँदै गरेकी बोलेरोमा करेन्ट लाग्दा ४ जनाको गयो ज्यान प्रहरीको परिक्षा दिईरहेका परीक्षार्थी नै नक्कली  शिक्षक आन्दोलनबाट फर्किदै गरेका शिक्षक बिचबाटोमै अस्ताए फेसबुकलाई दिएको समयसिमा आज सकियो, अब के छ सरकारको योजना? शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने

स्वास्थ्यमन्त्रीले ९ जनाको जिम्मेवारी एक्लै हेरफेर गरे

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १६:५९
स्वास्थ्यमन्त्रीले ९ जनाको जिम्मेवारी एक्लै हेरफेर गरे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयअन्तर्गतका नौजना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री बस्नेतले बुधबार दुई अस्पतालसहित विभिन्न विभागका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाललाई नियुक्त गरी यसअघि सो जिम्मेवारीमा रहेका डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी निर्देशकको जिम्मेवारी दिइएको छ ।

औषधि व्यवस्था विभागको महानिर्देशको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ भने यसअघि महानिर्देशक रहेका भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशाला प्रमुखमा नियुक्त गरिएको छ । परोपकार प्रसूति गृहमा यसअघि निर्देशक रहेका डा. पवनजंग रायमाझी र यसअघि ईडीसीडी निर्देशक डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । प्रसूति गृहको निर्देशकमा डा. श्रीप्रसाद अधिकारीलाई पठाइएको छ ।

तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमलाई पनि मन्त्रालयमा नै ल्याइएको छ भने केन्द्रमा डा. अनुज भट्टचनलाई निर्देशक नियुक्त गरिएको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट