May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बंगलादेश जाने सिधा बाटो कालापानीको विकल्प बन्न सक्छ : प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १३:४0
बंगलादेश जाने सिधा बाटो कालापानीको विकल्प बन्न सक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका छन्। भारतको चार दिने भ्रमणमा रहेका उनले शुक्रबार दिल्लीमा नेपालका सञ्चारकर्मीहरुसँग उनले सीमा समस्या समाधानका लागि यो विकल्पमा कुरा सुरु भएको बताएका हुन्। ‘दुई देशबीच रहेको सीमा समस्याबारेमा यस पटक अलिक गम्भीर कुरा भएको छ। भारतीय मिडियामा पनि कालापानीबारे चर्चा भएको छ।

त्यसको समाधान गर्नुपर्छ भनेर त लेखेकै छन्’, उनले भने, ‘हामीले भारतीय पक्षसँग छलफल गर्दा विभित्र विकल्पमा कुरा भएको छ। एउटा त बंगलादेशको जस्तै विकल्प छ। बंगलादेश र भारतबीच लामो समयदेखि समस्या थियो, तर उनीहरूले हल गरे। एउटा त्यो मोडेल हुन सक्छ।’ प्रचण्डले नेपाली विज्ञहरुले यदि भारतले कालापानी क्षेत्र छाड्न नसक्ने हो भने नेपाललाई पूर्वी सीमाबाट सिधा बंगलादेश पुग्ने बाटोबारे पनि चर्चा गरेको परिप्रेक्षमा त्यो विकल्पबारे पनि सोच्न सकिने बताए। ‘अर्को चाहिँ बंगलादेशसम्म सिधै जाने बाटो हामीलाई चाहिएको छ भन्ने कुरा नेपालले उहिल्यैदेखि उठाइरहेको छ।

त्यो हाम्रो आवश्यकता पनि हो र चाहना पनि हो’, उनले भने, ‘त्यसबारेमा कहीँ म्यानेज गर्न सक्ने हो भने पनि एउटा हल हुन सक्छ। हाम्रा विज्ञहरूको सुझाव त्यो आउने पनि गरेकै छ।

नेपालमा विज्ञहरूले त्यतापट्टी (पूर्वी नाका) पाउने हो भने पनि ठीकै छ भनेका छन्, त्यो पनि विकल्प हुन सक्छ। अथवा अरू विकल्प पनि हुन सक्छन्।’ प्रचण्डले यसअघि नेपालको दाबीबारे इन्कार गर्दै आएको भारतले यस पटकदेखि कालापानीबारे सोच्न थालेको बताएका छन्। ‘कालापानीबारे विकल्पहरू सोच्न सुरू भएको छ हिजोबाट। विकल्पबारे सोच्न सुरू हुनु नै ब्रेक थ्रु हो। त्यसैले गर्दा त मोदीजी बोल्नु भयो आफैँले यो हल गर्नु पर्छ भनेर’, उनले भने, ‘प्रधानमन्त्री मोदीजीमा पनि यो र्यासनल नै हो, यसलाई राखिरह्यो भने नेपाल-भारत सम्बन्ध कहिले पनि सुध्रिने भएन भन्ने परेको छ।

जहिले पनि लिपुलेक, कालापानी भन्यो अनि त्यसैमा अल्झिरहने भयो।’ पश्चिमी क्षेत्रको सीमा समस्या हल गर्न सकेमा अरु विषयमा अघि बढ्न सकिने पनि उनले बताए। ‘यसलाई हल गर्यो भने अरू इकोनोमिक, कल्चरल सम्बन्ध त छँदैछ हामीबीच’, उनले भने, ‘यसकारण हिजोबाट विकल्पहरू के के हुन सक्छन् त भन्नेमा गइसक्यो। अथवा त्यहीँ (कालापानी) पनि केही गर्न सकिन्छ त भन्ने पनि छँदैछ। हिजोबाट बाउन्ड्रीबारे सकारात्मक, कन्सट्रक्टिभ डिबेक्ट सुरू भयो।’

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १९, २०८० १३:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट