May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

गृहमन्त्री श्रेष्ठको आयो मेडिकल सर्टिफिकेट

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १७:0५
गृहमन्त्री श्रेष्ठको आयो मेडिकल सर्टिफिकेट
  • गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था
  • श्रेष्ठलाई गएराति करिब १ बजे हृदयाघात
  • विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन

काठमाडौं ।।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फाक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखा (ओएम) मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ ।

गृहमन्त्री श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका निम्ति मेडिकल आईसीयूमा स्थिर अत्यावश्यक संकेतका साथ पूर्ण रूपमा होसमा रहेको अस्पतालले जनाएको छ । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन बेइजिङ पुगेका गृहमन्त्री  श्रेष्ठलाई गएराति करिब १ बजे हृदयाघात भएको थियो । चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २, २०८० १७:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट