May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

एनआईसी एशिया बैंकको नाफा धेरै घट्यो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:२२
एनआईसी एशिया बैंकको नाफा धेरै घट्यो
  • एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घट्यो 
  • बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन 
  • तीन खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं ।।

चालु आर्थिक वर्ष २०८०/८१ वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणानुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब एक करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खराब कर्जामा वृद्धि भएसँगै नाफामा असार परेको देखिन्छ ।

वित्तीय विवरणानुसार बैंकको खराब कर्जा असोज मसान्तसम्म १.३७ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा ०.५९ प्रतिशत थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले गत वर्षको असोज मसान्तसम्म तीन अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा दुुई अर्ब ७४ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानीबाट आर्जन गरेको छ । बैंकले दुई खर्ब ९४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । तीन खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट