sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

टेकनाथ रिजाल :नक्कली भुटानीको नाममा पैसा उठाउँदैछन् है भन्दा शीर्ष नेताहरुले वास्ता गरेनन्

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १६:५१
टेकनाथ रिजाल :नक्कली भुटानीको नाममा पैसा उठाउँदैछन् है भन्दा शीर्ष नेताहरुले वास्ता गरेनन्

 काठमाडौं ।।

  • नक्कली भुटानी शरणार्थी प्रकरण
  • यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको थिएँ
  • नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले गम्भिरतापूर्वक लिएनन्
  • अहिले म आफैंलाई यस्तो भयो
  • मैले एक वर्ष पहिल्यै प्रहरी वृत्त, गौशालामा निवेदन दिएको थिएँ
  • त्यसमा कुनै अनुसन्धान भएन,
  • ५ लाख रुपैयाँको दरले उठाउन खोजेको भन्ने सूचना पाएलगत्तै आफूले सरकारी तहमा जानकारी गराएं
  • अदालतमा सबैभन्दा बलियो बयान मैले नै दिएको छु
  • ‘अहिले म यो लडाइँमा एक्लै छु

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले आफूले यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेर भुटानी शरणार्थीका नाममा रकम उठाउने काम भएको भनेर जानकारी गराउँदा कसैले गम्भिरतापूर्वक नलिएको उनले बताए ।

थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालत लगिएका अधिकारवादी नेता रिजालले भने, ‘यो घटनाबारे हल्लाखल्ला हुनुअघि नै मैले शीर्ष नेताहरु र उच्च सरकारी अधिकारीलाई भेटेर घटनाबारे जानकारी गराएको थिएँ । वास्ता गरेनन्, अहिले म आफैंलाई यस्तो भयो ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा रिजालविरुद्ध पनि किटानी जाहेरी परेपछि प्रहरीले उनलाई ४ जेठमा झापाबाट काठमाडौं बोलाएको थियो । त्यसपछि काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनले मुद्दा अदालत लैजाने बेलामा रहस्यमय रुपमा आफूविरुद्ध प्रेमराज पन्थीको किटानी जाहेरी परेको बताए ।

‘उनले मेरो घरमा तोडफोड गरेपछि मैले एक वर्ष पहिल्यै प्रहरी वृत्त, गौशालामा निवेदन दिएको थिएँ’, उनले थपे, ‘त्यसमा कुनै अनुसन्धान भएन, अहिले उनकै जाहेरी मविरुद्ध पर्यो ।’

केही व्यक्तिहरुले आफ्नो नाम लिएर ‘यिनले के सहयोग गर्छन्’ भन्दै शिविरमा ५ लाख रुपैयाँको दरले उठाउन खोजेको भन्ने सूचना पाएलगत्तै आफूले सरकारी तहमा जानकारी गराएको रिजालले बताए । ‘अदालतमा सबैभन्दा बलियो बयान मैले नै दिएको छु, मैले कसैबाट यसमा फाइदा लिएको छैन’, उनले दाबी गरे, ‘भुटानी आएका नागरिक भनेकाले मैले ९-१० वटा कागजमा हस्ताक्षर गरेको थिएँ, मैले जे हो, सत्य कुरा बोलेको छु ।’

आफूले विगतमा पनि यस विषयलाई लिएर शीर्ष नेताहरुलाई भेटेको बताउँदै उनले भने, ‘अहिले म यो लडाइँमा एक्लै छु, सबै एकातिर म अर्कोतिर भएको छु, न्याय पाउनेमा विश्वस्त छु ।’ अहिले जिल्ला अदालत, काठमाडौंमा १७ जना प्रतिवादीहरुको थुनछेक बहस चलिरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid