May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

मरेको मान्छे बचाउने दाबी गर्दै विजयी शाहीको ‘कमब्याक’

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० ११:५१
मरेको मान्छे बचाउने दाबी गर्दै विजयी शाहीको ‘कमब्याक’

काठमाडौं । अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी अर्को झनै अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् ।

आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर शाहीले ‘मरेको मान्छे बचाउन सक्ने’ गफ हाँके । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।

‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ शाहीले भने ।

चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । यसका लागि भर्खरै मरेको ताजा लास खोज्न अस्पताल जान लागेको उनले बताए ।

शाहीको दाबीअनुसार उनको टीमले चारवटा कारणले अकालमा मरेका मान्छेलाई बचाउन सक्छन् । पहिलो, सर्पले टोकेको, दोस्रो पानीमा डुबेको, तेस्रो हृदयघात भएको र चौथो निसास्सिएर मरेको ।

‘यदि यस्ता घटनाहरू तपाईंका वरिपरी भएका छन् भने तुरुन्त यो नम्बरमा फोन गर्नुस्, हामी दौडेर आइहाल्छौं,’ फोन नम्बर पनि सार्वजनिक गर्दै उनले भने ।

मृत्यु भएको आठ घन्टाभित्र आफूहरूले भेट्टाए बचाउन सक्ने उनको दाबी छ । कालगतिले वा वृद्धावस्थाले मरेकाहरूलाई भने बचाउन नसक्ने शाहीले बताए ।

‘जो कालगतिले मर्नुभएको छ, उहाँहरूको लासलाई हामी छुँदा पनि छुँदैनौं, हामीले बचाउने भनेको अकालमा मरेकाहरुलाई मात्र हो,’ उनले भने ।

स्वास्थ्यविदहरू समेत रहेको आफ्नो टीमले मरेको प्राणीलाई फेरि ज्यूँदो बनाउन सक्ने केमिकल विकास गरेको शाहीले बताए । प्रधानमन्त्री कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्मलाई जानकारी दिएर आफूहरू यो अनुसन्धानमा लागेको भन्दै उनले आफ्नो काममा साथ र हौसला दिन सबैलाई अपिल गरे ।

शाहीले गरेको दाबीलाई भने धेरैले मजाकमा उडाइरहेका छन् । फेसबुक लाइभमा उनलाई अत्यधिक नकारात्मक कमेन्ट र गालीगलौज भइरहेका थिए । तर, शाही निर्धक्क भएर भन्दै थिए, ‘तपाईंहरू गाली गर्दै गर्नुस्, म मरेको मान्छे बचाएर देखाउँछु ।’

यसअघि शाही कुनै पनि पुस्तक एकैछिन पल्टाएको भरमा कन्ठाग्र पार्न सक्ने दाबी गरेर चर्चामा आएका थिए । सुरूमा सबैको प्रशंसा पाए पनि बिस्तारै उनको क्षमतामाथि धेरै प्रश्नहरु उठे । उनलाई ठगको संज्ञासमेत दिइयो । त्यसपछि उनी गुमनाम भए । बीचमा एकपटक उनको मृत्यु भएको हल्ला फैलियो । सामाजिक सञ्जालमा धेरैले श्रद्धाञ्जली पनि दिए । तर, प्रहरीले शाहीलाई उनकै घरमा सकुशल फेला पारेको थियो । शाही आफैंले आफ्नो मृत्युको प्रचार गरेको दाबी गरिएको छ ।

केहीसमयअघि उनको ह्वीलचेयरमा बसेको तस्वीर र भिडिओ सार्वजनिक भएको थियो । उनले आफू एकाएक अशक्त भएको बताएका थिए । यस विषयमा आज उनले आफूलाई नशाको रोग लागेको र अहिले ठीक भएको जानकारी दिएका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट