काठमाडौं ।।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनवाइ तालिका परिमार्जन गरेको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकबाट कार्यतालिका परिमार्जनसहित पारित गरिएको हो । यही जेठ ३१ गते कार्कीविरुद्धका उजुरीकर्तालाई समिति बैठकमा बोलाएर छलफल गरिने भएको छ ।
उजुरीकर्तालाई १० मिनेटका दरले बोल्न दिने तालिका बनाइएको छ । उनीहरूका उजुरीमाथि सुनुवाइ सकिएपछि जेठ ३२ गते प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने तालिका तय गरिएको छ ।
समितिले यसअघि यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका प्रस्तुत गरिएको थियो । गएको शुक्रबारसम्म दिइएको समयसीमामा कार्कीविरुद्ध २९ उजुरी परेका छन् ।