April 6, 2025 | आइतवार, चैत्र २४, २०८१
सुचनाहरु
चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा

मर्ज हुन इच्छुक क्याम्पसहरुका लागी निवेदन दिन आह्वान

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० ११:४४
मर्ज हुन इच्छुक क्याम्पसहरुका लागी निवेदन दिन आह्वान

काठमाडौं ।।

  • क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान
  • दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने
  • मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय
  • क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा
  • देशभर १ हजार ४४० आंगिक, सामुदायिक र निजी क्याम्पसहरुमध्ये ३ सय निजी
  • २१८ सामुदायिक र २१ क्याम्पसमा १०० भन्दा कम विद्यार्थीहरु छन्

त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ । त्रिविले सूचना निकालेर त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको हो । मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।

निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदसमेत पेस गर्न त्रिविले भनेको छ । त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन् ।

विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभर १ हजार ४४० आंगिक, सामुदायिक र निजी क्याम्पसहरुमध्ये ३ सय निजी, २१८ सामुदायिक र २१ क्याम्पसमा १०० भन्दा कम विद्यार्थीहरु छन् । कतिपयले अध्यापक र कर्मचारीहरुलाई तलबसमेत खुवाउन नसकेका समाचार सार्वजनिक हुने गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट