May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

स्वास्थ्य संस्थामा महानगरले ताला लगायो

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १0:४३
स्वास्थ्य संस्थामा महानगरले ताला लगायो

काठमाडौं ।।

  • महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगायो 
  • कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको : मेयर बालेन शाह 
  • महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने

काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ । अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् ।

महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको थियो । तर, अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि बन्द गरिएको मेयर शाहले बताएका छन् ।

तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन दिएको उनले बताए । लोकप्रियताका लागि नभइ कानुनमा भएको व्यवस्था अनुसार स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्याउन यो काम गरिएको मेयर शाहको भनाइ ५ ।

उनले सबैको पहुँच स्थापित हुने गरी सुधान नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा पनि हस्तक्षेपकारी कानूनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।