काठमाडौं ।।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।
देउवा २-२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।