काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अवैध आम्दानीका कारण अनुसन्धानमा रहेका पृथ्वी शाह पनि जोडिएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा डा. वाग्लेले देशकै छवि धमिलो पार्ने नक्कली शरणार्थी काण्डमा शाहको फ्रड केस पनि जोडिएको बताए ।
“नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहँदा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस पनि जोडिएको समाचार आएको छ,” डा. वाग्लेले भने । शून्य समयमा बोलेका उनले पृथ्वी शाहको फ्रड केस कसरी जोडियो भनेर खुलाएका छैनन् ।