May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छः मन्त्री किराँती

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १२:३९
नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छः मन्त्री किराँती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भएपनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले उल्लेख गरे।

उनले भने,’यो सुरुवात गर्नु धेरै ठूलो कुरा हो। योभन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो। यो लामो यात्राको पहिलो पाइला हामीले प्रारम्भ गरेको अनुभूति भएको छ। सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सीमाना पनि हो। योभन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन। तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ। त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ। हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिकको छ।’

मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै बिस्तार र सुदृढ बनाउनुपर्ने समेत बताएका हुन्।

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १२:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।