April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सामान्य विवादमै चक्कु प्रहार गरी १७ वर्षीय सनिको हत्या गरियो

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:४४
सामान्य विवादमै चक्कु प्रहार गरी १७ वर्षीय सनिको हत्या गरियो
  • लिखु गाउँपालिका-४ का १७ वर्षीय सनि कार्कीको ज्यान गयो 
  • इन्द्रजात्रा हेर्न कार्कीसहितका ४/५ जना साथीहरू वसन्तपुर पुगे
  • मादकपदार्थ सेवनगरी सामान्य विवाद हुँदाहुँदै चक्कु प्रहार भयो 

काठमाडौं ।।

दुई पक्षबीच सामान्य विवादका कारण चक्कु प्रहार हुँदा ओखलढुंगाको लिखु गाउँपालिका-४ का १७ वर्षीय सनि कार्कीको ज्यान गएको अनुसन्धानबाट खुलेको छ । इन्द्रजात्रा हेर्न कार्कीसहितका ४/५ जना साथीहरू वसन्तपुर पुगेका थिए । वसन्तपुरमै आएका १९ वर्षीय अरबिन ठकुरीबीच सुरुमा सामान्य विवाद भयो । दुवै समूहले मादकपदार्थ सेवन गरेको काठमाडौं प्रहरीले जनाएको छ । सोही सामान्य विवादमा ठकुरीसहितका समूहले कार्कीमाथि अन्दाधुन्दा चक्कु प्रहार गरेको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

ठकुरीको समूहले कार्कीलाई हिरो बन्न खोज्ने भन्दै चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।चक्कु प्रहारबाट घाइते भएका कार्कीको उपचारको क्रममा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा सोमबार मृत्यु भएको थियो । घटनामा संलग्नलाई काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर नागबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी, २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडाका १९ वर्षीया भूमि मल्ल छन् । प्रहरीले अरबिनलाई चक्कुसहित पक्राउ गरेको छ ।

 

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १५:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।