May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

डा. शेखर र गगनविच तीन घण्टा ‘वान अन वान’ वार्ता

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १६:५६
डा. शेखर र गगनविच तीन घण्टा ‘वान अन वान’ वार्ता
  •  शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट
  • दुई नेताबीचको सम्बन्धमा दूरी बढेको आशंका
  • एकतावद्ध भएको र रहिरहने विषयमा छलफल

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ । दुई नेताबीच करिब तीन घण्टा ‘वान अन वान’ वार्ता भएको संस्थापनइतरका एक नेताले जानकारी दिए । दुई नेताहरुबीच आफ्नो समूह एकतावद्ध भएको र रहिरहने विषयमा छलफल भएको बताइएको छ ।


दुई नेताको भेटपछि संस्थापनइतरका नेता गुरुराज घिमिरेले दुई नेताको छलफलबाट खुसी व्यक्त गर्दै ट्वीट गरेका छन् । ‘१५ औं महाधिवेशनको उज्यालो क्षितिज । हामी साथमा छौं र निकै उत्साहित पनि,’ घिमिरेले ट्वीट गरेका छन् । दुई नेताबीचको सम्बन्धमा दूरी बढेको भन्दै केही समयदेखि आशंका व्यक्त हुुँदै आएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १६:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।