April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

मोबिनाको बैंकर मोह , एक बर्षमा सात परिक्षा उत्रिण

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० २0:१४
मोबिनाको बैंकर मोह ,  एक बर्षमा सात परिक्षा उत्रिण

युवराज रेग्मी

चैत २९ , झापा : झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परिक्षा उत्रिण गर्ने इस्लाम समुदायकी पहिलो महिला बन्न सफल भएकीछ्न ।

हाल कृषि विकास बैंक लिमिटेड राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले २०७८ /७९ मा लोकसेवा आयोगमा बैंकिङ तर्फको सातवटा परीक्षा दिएकी थिइन् ।

मोबिनाले पहिलो पटक नेपाल बैंक लिमिटेडको सहायक पदमा परीक्षा पास गरेकीहुन । त्यसपश्चात् मोबिनाले लगातार बैंककै परीक्षा दिइरहिन् । उनले नेपाल बैंक लिमिटेडको कनिष्ठ सहायक , राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक , पुनः राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकै बरिस्ठ सहायक र सहायक प्रबन्धकमा नाम निकाल्न मोबिना सफलबनिन ।

त्यसैगरी कृषि बैंक लिमिटेडको व्यवसाय सहायक हुँदै व्यवसाय अधिकृतमा नाम निकाली एकै बर्षमा सात परिक्षामा नाम निकाल्न सफल भइन् ।

माइतीघर बारा जिल्लाको कलैया स्थित लाल महमद मन्सुर र साहजहान खातुनकी छोरी मोबिना विवाह गरेर झापा दमक आएकी हुन् ।उनी व्यवसाय गर्ने परिवारमा हुर्किएकै कारण आफू बैंक क्षेत्रमा प्रवेश गरेको मोबिनाले बताइएकीछ्न ।

उच्च शिक्षा अध्ययन गरेको समयमा आफ्ना बुबाले बैंकमा किस्ता तिर्न एबम पैसा जम्मा गर्न बैंक पठाउने गरेको उनले बताएकीछ्न ।

आफुलाइ आफ्ना अभिभावकले बैंकको किस्ता तिर्न पठाउदा बैंकभित्र प्रवेश गरेपछि सधैँ आनन्द लाग्थ्यो र सोही समयदेखिनै बैंकिङ क्षेत्रमै प्रवेशगर्न मनलागेकोले सो छेत्रमा प्रवेशगर्ने कल्पना गरेको उनले बताइन ।

सोही समय देखिनै बैंकप्रति आकर्षित मोबिनाले क्याम्पस तहमा ब्यबस्थापन संकाय छनौट गरेर बि.बि.एस .अध्ययन सुरुगरेको बताइन । बैंकर्स बन्ने अठोट बोकेर बि.बि.एस. पढ्दै गरेकी मोबिना त्यसै बीचमा झापाको दमकका महफूज आलमसँग बिबाह बन्धनमा बाधिएको उनले बताइन ।

उनले बिबाह पश्चात् दमकको सामुदायिक क्याम्पस दमक बहुमुखी क्याम्पसबाट एम.बि.एस. अध्ययन पूरागरिन् । उनको विवाह पनि व्यापारिक परिवारमै भएको कारणले आफुलाइ परिवारबाट पनि ठुलो सहयोग भएकोले मेहनतअनुसारको सफलता हात पारेको मोबिनाले बताइन । साथै कोसिस गर्नेहरुका लागि कुनै कामपनि कठिन नहुने उनले तर्क प्रस्तुतगरेकीछ्न ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० २0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।