October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

‘नालापानी’को च्यारिटीमा चलचित्र ‘कोतपर्व’बारे जानकारी

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० ११:१८
‘नालापानी’को च्यारिटीमा चलचित्र ‘कोतपर्व’बारे जानकारी

काठमाडौँ।
बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए ।

प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आथित्यतामा भएको सो च्यारिटी कार्यक्रममा ‘कोतपर्व’का निर्देशक, लेखक तथा निर्माता परिचय गराईएको छ । यस चलचित्रका निर्देशक अधिकारीको कम्पनी ‘रिमेश अधिकारी फिल्मस’ र यस चलचित्रका एशोसियट निर्देशक श्रीदेव बिएलको कम्पनी ‘श्रीत फिल्म्स एण्ड इन्टरटेन्मेन्ट’को संयुक्त ब्यानरमा यो चलचित्र बन्ने जानकारी गराईएको छ । जसका कार्यकारी निर्माता शिवचन्द्र रहेका छन् भने आरसि शर्मा र सारदा खड्का अर्याल निर्माता र राजेन्द्र ढकाल (राजु) र राजाराम सुवाल सह निर्माता रहेका छन् । ‘कोतपर्व’लाई महेश दवाडीले लेखिरहेका छन् ।

‘कोतपर्व’बारे विस्तृत जानकारी तथा कलाकारहरु र सम्पूर्ण टिमसहित केहि समयपछि पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने निर्देशक अधिकारीले बताए । उनले ‘नालापानी’ देखाएको मौका छोपी निर्माता टिम परिचय गराएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सात बर्ष लगाएर ऐतिहासिक चलचित्र ‘नालापानी’ बनाएकोमा धन्यवाद दिँदै नयाँ चलचित्र ‘कोतपर्व’लाई सफलताको शुभकामना दिँदै नेपालमा पछिल्लो समय इतिहास बिर्सने, इतिहास नपढ्ने र कतिपय ऐतिहासिक दस्तावेजहरु हुनुपर्ने ठाउँमा नहुने देखिएको बताए । “त्रिभुवन विश्वविद्यालयमा अहिले इतिहाससँग सम्बन्धित प्राध्यापकहरु हुनुहुन्छ तर, पढ्ने विद्यार्थी छैनन् । जुन देशको कला संस्कृति र इतिहासमा यस प्रकारको विपद आउँछ, यसले सामजिक विचलन ल्याउँछ”, ढकालले भने, “कला, संस्कृति, धर्म र इतिहासको विचलन आउने बित्तिकै समाजमा विचलन आउँछ । हामीले ति लक्षणहरु भोगिसकेका छौँ ।” ढकालले आफ्ना छोराछोरीलाई हाम्रा गर्विला इतिहासलाई पढ्न, सुनाउन अग्रसर रहनैपर्ने बताए ।

नेपालीको कला र संस्कृतिलाई विश्वमाझ पुर्‍याउने उद्देश्यका साथ सक्रिय ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ले आयोजना गरेको च्यारिटी कार्यक्रममा ‘वीर विभुती बलभद्र कुँवर प्रतिष्ठान’का अध्यक्ष प्रा.डा. धनबहादुर कुँवर, ‘महान योद्धा वीर बलभद्र स्मृति समाज’का अध्यक्ष रामराजा कुँवर (बलभद्र कुँवरका पाँचौ पुस्ता) र ‘कुँवर समाज’का अध्यक्ष डा. देशराज कुँवरलाई सम्मान प्रदान गरिएको थियो ।

श्रोत: ठुलो पर्दा

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट