May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आतंक रोक्न पनि आरोपितहरुलाई थुनामा राख्नुपर्छ : सरकारी वकिल

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:३५
आतंक रोक्न पनि आरोपितहरुलाई थुनामा राख्नुपर्छ : सरकारी वकिल

काठमाडौं ।।

  • नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको थुनछेक बहस
  • अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउन कठिन
  • राज्यलाई नै असफल बनाउन खोज्ने यो अपराधलाई
  • सामान्य ठगी वा लेनदेनको मुद्दा सम्झिन मिल्दैन
  • राज्यको आवरणमा हुने आतंक रोक्न पनि आरोपितहरुलाई थुनामा राख्नुपर्छ
  • आरोपितहरुलाई छाड्दा जाहेरीकर्ताहरुको ज्यानमाथि नै असुरक्षा हुने दावी

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको थुनछेक बहसका क्रममा सरकारी वकिलहरुले आरोपितहरुलाई थुनामै राखेर मुद्दाको अनुसन्धान अघि नबढाउने हो भने अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउन कठिन हुने जिकिर गरेका छन् ।थुनछेक बहसमा जवाफी जिकिर गर्दै सरकारी वकिल र जाहेरवालाहरुका कानून व्यवसायीहरुले पीडित असुरक्षित बन्ने र प्रमाण लोप हुने सम्भावना उच्च भएकाले आरोपितहरुलाई थुनामै राख्नुपर्ने माग गरे ।

सहन्यायाधिवक्ता एवं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले प्रमाण नष्ट भएका उदाहरणहरु पेश गर्दै आरोपितहरुलाई धरौटीमा छाड्न नहुने बताए । ‘टोपबहादुर रायमाझीले आफू पक्राउ हुने निश्चित भएपछि मोाबाइल नै फाल्नुभयो, त्यसले कयौ प्रमाण नष्ट भयो । बालकृष्ण खाँणले सचिवले पठाएको कागज च्यातेर प्रमाण नष्ट गर्न खोज्नुभयो । योभन्दा अर्को उदाहरण के चाहियो ?’ उनले भने, ‘राज्यलाई नै असफल बनाउन खोज्ने यो अपराधलाई सामान्य ठगी वा लेनदेनको मुद्दा सम्झिन मिल्दैन । आरोपितहरु थुनिनुपर्ने अवस्थामा छन् ।’

उनले भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयानलाई उद्धृत गर्दै ‘राज्यका उच्चपदस्थ व्यक्तिहरुको संलग्नता र उपस्थितिमा घटना भएका’ले पनि आरोपितहरुलाई धरौटीमा छाड्न नमिल्ने बताए । आरोपितहरुले के काम गरे, कसरी ती काम गरे र त्यसबाट के असर पर्यो  भन्नेबारे समग्रतामा हेर्नुपर्ने भन्दै उनले थपे, ‘ठगी र दुई व्यक्तिहरुले लेनदेन सम्झेर यस्तो गम्भिर सवाललाई हल्का विषय भन्न मिल्दैन ।’

अधिवक्ता स्वागत नेपालले नेताहरु बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतको संलग्नता र योजनामा यो काम भएको भन्दै आरोपितहरुलाई छाड्दा जाहेरीकर्ताहरुको ज्यानमाथि नै असुरक्षा हुने दावी गरे । उनले भने, ‘कतिपय व्यक्तिहरु जाहेरी दिन डराएर बसेका छन्, ‘उनीहरुमाथि न्यायका लागि पनि आरोपितहरु थुनामा रहनुपर्छ ।’

बरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले आफ्नै सहपाठी बालकृष्ण खाँणविरुद्ध बहस गर्न आउँदा दुःख लागेको बताए । उनले भने, ‘यो अपराध रोकेर उहाँले आफ्नो चरित्र उचो बनाउनुपर्ने थियो, तर उल्टो गर्नुभयो । राज्यको आवरणमा हुने आतंक रोक्न पनि आरोपितहरुलाई थुनामा राख्नुपर्छ ।’

सरकारी वकिलहरु निर्मला मरासिनी, महेश खत्री, लक्ष्मण घिमिरे लगायतले संगठित अपराधको नयाँ उदाहरणको रुपमा यो मुद्दालाई अघि सार्दै यस्तो अवस्थामा प्रत्यक्ष प्रमाण भेटिन निकै चुनौती हुने बताए । उनीहरुले अहिले भेटिएको प्रमाणले नै घटनाको पुष्टि गर्ने यथेष्ट आधार रहेको भन्दै आरोपितहरुलाई थुनामा राख्न माग गरे ।

सरकारी वकिल र जाहेरीवालाहरुको समेत जवाफ सुनिसकेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आफू उठेको संकेत गरे । इजलासमा रहेकाहरुलाई भने, ‘अब केही समय पर्खनुपर्ला ।’

त्यसपछि उनी आफ्ना सहयोगीहरुलाई बोलाएर चेम्बर (न्यायाधीशको कार्यकक्ष)तिर लागे । आदेश नआउञ्जेल आरोपितहरुलाई प्रहरीको सुरक्षा घेरामा इजलासमा नै राखिनेछ । केही घण्टामा इजलासले आदेश सुनाउनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट