May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

श्रमशोषण गरेको तर भत्ता वृद्धि नगरेकोमा आन्दोलन

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:५0
श्रमशोषण गरेको तर भत्ता वृद्धि नगरेकोमा आन्दोलन

विराटनगर ।।

  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा
  • प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत 
  • प्रतिष्ठानले श्रमशोषण गरेको गुनासो 
  • डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको 
  • सम्झौतामा मात्र सिमित 

जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो भत्ता तीन वर्षयता बढेको छैन ।

भत्ता वृद्धिको माग गर्दै तीन दिनदेखि कालोपट्टी बाधेरमा काममा उत्रिएको इन्टर्न डाक्टरहरुले बताएका छन् । महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।

‘महंगी बढेको छ, १८ हजार ३ सय रुपैयाँले गुजारा गर्न गाह्रो हुन्छ,’ डाक्टर राईले भने, ‘मेडिकल अधिकृतको तलबको आधा बराबर २४ हजार भत्ता बनाउन माग गरेका छौं ।’ आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बारम्बार प्रतिष्ठान प्रशासनसँग आग्रह गर्दा आफ्नो माग सुनुवाइ नभएको बताएका छन् । प्रतिष्ठानले श्रमशोषण गरेको उनीहरुको गुनासो छ।

‘दिनानुदिन महंगी चुलिरहदा अहिले हामीले प्राप्त गर्ने पैसाले (१८ हजार ३०० भत्ता) जीवन निर्वाह गर्न सम्भव छ त ?’ चिकित्सकहरुले प्रश्न गरेका छन्, ‘‘ संस्था घाटामा छ, हामीसँग पैसा छैन भन्ने जस्ता बहानामा हाम्रो मागको अवहेलना गरिनु कदामी सह्य हुँदैन ।’

प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्न सक्छ । तीन वर्षअघि पनि इन्टर्न चिकित्सकले आन्दोलन गरेका थिए । २०७७ मंसिर १५ गते प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो ।

सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भए पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको छैन ।

  • साझा परिवेश
  • शुक्रबार, असार १, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट