April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

औषधिमा मन लाग्दि मूल्य राखी ठगी गर्नेलाई कारबाही होस् : तोसिमा कार्की

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १६:२३
औषधिमा मन लाग्दि मूल्य राखी ठगी गर्नेलाई कारबाही होस्  : तोसिमा कार्की

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई धरासायी बनाउन सरकारी संस्थाले नीतिगत रुपमै ठगी गर्दै आएको बताएकी छन् ।

  • औषधिमा ठगी
  • कालोबजारी मान्ने की नमान्ने ?
  • तल्काल कारबाही गर्नुपर्ने

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रले डायलाइसिस गराइरहेका बिमितसँग अत्यधिक रकम असुल गरेको आरोप लगाइन् ।

औषधिमा ठगी

‘निकै लाजमर्दो विषय उठान गर्दैछु । राज्यको ठगीको नमुना छ । मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ । यो डायलासिस गराइरहेका बिरामीको बिल हो’, डा. कार्कीले भनिन् ,‘यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४०५ रुपैयाँ छ । यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारू अर्थात नेपाली ८ सय पर्न आउँछ ।’

कालोबजारी मान्ने की नमान्ने ?

उक्त औषधिमा ७५ प्रतिशत बढी नाफा खाएको भन्दै यसरी गरिब नागरिकलाई राज्यले ठगी गरेको बताएकी छिन् । ‘२० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी छ । मेरो प्रश्न छ राज्यले कति नाफा खाएसम्म यो कालोबजारी नमानिने हो या कालोबजारी मानिने हो ? यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न मिल्छ ?’ उनले प्रश्न गरेकी छिन् ।

तल्काल कारबाही गर्नुपर्ने 

‘हप्ताको तीन पटकसम्म डायलासिस गराउनुपर्ने नागरिकलाई, गरिबलाई राज्यले नै यसरी लुट्ने ? हाम्रो इमान धर्म कता जाँदैछ ? स्वास्थ्य बीमा जस्तो महत्वपूर्ण सार्वजनिक विषयको कार्यक्रमलाई धरासायी बनाउन निजी मात्रै होइन सरकारी संस्थाको नीतिगत ठगी पनि जिम्मेवार छ । यस्ता ठगीलाई तत्काल कारबाही गरियोस्,’ डा. कार्कीले भनिन् ।

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।