May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बजेट सच्याउने बागमती प्रदेश सरकारको प्रतिबद्धता

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १५:५३
बजेट सच्याउने बागमती प्रदेश सरकारको प्रतिबद्धता
  • बागमती प्रदेशसभाको अवरोध हटेको छ ।
  • विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने ।

काठमाडौं ।।

सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ । आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले १ असारमा पेश गरेको आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए । विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्न तयार भएको हो ।

लगत्तै सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री लामाले प्रतिपक्षी दलहरुसँग सहमति भएको भन्दै बजेट कार्यान्वयन गरेर जाने बताए । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेट असन्तुलित भयो भनेर सरकारले गल्ती महसुस गरेको बताए । उनले भने, ‘यो  योजना समेटिएन भन्ने महसुस भयो । जिल्ला, क्षेत्र, गाउँ, वडा जहाँ असन्तुलित भयो, बजेट पास गर्नुभन्दा अगाडि त्यहाँ व्यवस्थित गर्छौं भन्ने प्रतिबद्धता आएको छ ।’

प्रदेशसभाबाट बजेट पास गर्नुअघि नै मन्त्रिपरिषद्ले बजेट सच्याएर ल्याउने सहमति भएको भन्दै उनले सरकारले आफ्नो प्रतिबद्धता पालना गरोस् भनेका छन् । राप्रपा संसदीय दलका नेता उद्धव थापाले पनि सरकारलाई विश्वास गरेर आफूहरुले सदनको अवरोध हटाएको बताए । ‘अब बल सत्तापक्षको खुट्टामा गएको छ, सत्तापक्ष सही ढंगले प्रयोग होस् भन्न चाहन्छौं’ उनले अगाडि भने, ‘गलत भयो भने रेफ्री हुन्छन्, हामीले गर्ने गतिविधिमा कुनै कुरा बाँकी राख्दैनौं ।’

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।