April 6, 2025 | आइतवार, चैत्र २४, २०८१
सुचनाहरु
काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति

नभएको वडालाई बजेट विनियोजन

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:२२
नभएको वडालाई बजेट विनियोजन

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई बजेटमा उपेक्षा गरेको आरोप लागिरहेको बागमती प्रदेशले यो पटक हेटौँडा उपमहानगरपालिकाको हुँदै नभएको वडालाई बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले १९ वटा वडा रहेको उपमहानगरपालिकाको वडा नम्बर २० र २२ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

बजेट पूर्वाधार विकास कार्यालय चितवनबाट कार्यान्वयन हुनेगर हेटौँडा २० र २२ जोडने कर्रा खोला पुल निर्माणको लागि भन्दै बजेट विनियोजन गरेको हो ।

हेटौँडाको १९ वडाहरूमा समानुपातिक बजेट विनियोजन नगरेको आरोप खेप्दै आएको सरकारले हुँदै नभएको वडामा बजेट विनियोजन गरेपछि थप विवादमा तानिएको हो ।

हेटौँडाका वडाध्यक्षहरूले बागमती प्रदेश सरकारले बजेट निर्माण गर्दा लापरबाही गरेको भन्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री सहित मन्त्रीहरू सम्मीलित कार्यक्रममा कालोझण्डा देखाउने देखि बहिस्कार गर्ने समेत चेतावनी दिँदै आएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार ५, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट