April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:४७
सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे
  • सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएन 
  • समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने
  • सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गयो 

काठमाडौं ।।

अर्थ समिति सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सभापति चालिसेले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताए । भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको बताए ।

काठमाडौं । अर्थ समिति सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सभापति चालिसेले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताए । भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको बताए ।

 

उनले भने, “ठूलो रकमको विदेशी मदिराहरू वीरगंज भन्सारमा रहेको र आयात गर्ने मानिस सम्पर्कविहीन भएको कुरा आएको छ । सरकारको राजस्व नउठेर समिति त्यही कुरामा चिन्तित छौँ । भन्सारमा राजस्व उठ्ने कुरामा त्यतिकै थन्किएर बसेका छन् । अर्थमन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारी साधन लगायतका वस्तुहरू भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो । काम भयो भएन भन्नेकुरा छ ।”

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।