May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

बालेन शाहले बारुद खानाको बाटो खोलेरै छोडे

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० ११:0८
बालेन शाहले बारुद खानाको बाटो खोलेरै छोडे
  • स्वयम्भु बारुद खानाको कम्पाउण्ड भित्रबाट मूल सडकसँग जोडियो बाटो 
  • बालेन शाहले स्थलगत निरीक्षण गरी प्रधानसेनापतिसँग गरे छलफल

काठमाडौ ।।

काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भु भगवान पाउ बनस्थली सडक, उत्तरमा बालाजु–बनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू-भगवान पाउ-बिजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा छ ।

नेपाली सेनाको स्वयम्भु बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मूल सडकसँग जोडिने गरी सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन । अहिले भने जर्मन क्वाटरको पूर्वतर्फको सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको आयोजना प्रमुख निर्मलराज बरालले जानकारी दिए ।

नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि काठमाडौं महानगरपालिकाका प्रमुख एवं आयोजनाको जग्गा व्यवस्थापन उपसमिति संयोजक बालेन शाहले स्थलगत निरीक्षण गरी प्रधानसेनापतिसँग छलफलसमेत गरेका थिए । त्यसपछि सडक खोल्ने वातावरण तयार भएको मेयर बालेनको सचिवालयले जनाएको छ ।

२०६० साल वैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट सूचना जारी भएको थियो । यसपछि शहरीकरणबाट विकास व्यवस्थापन र सुविधा वितरणमा समानता ल्याउन आयोजना भित्रको ७२ प्रतिशत प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको थियो । यसमा २४.४७ प्रतिशत सडकका लागि, २ प्रतिशत पार्क तथा खुल्ला क्षेत्रका लागि, ०.५० प्रतिशत धार्मिक तथा सांस्कृतिक क्षेत्रका लागि र १.०३ प्रतिशत भचाखुशी नदीका छुट्याइएको छ ।

आयोजना सुरु हुनुअघि त्यस क्षेत्रमा निजी प्रयोगकर्ताको जग्गाले ९२.४२ प्रतिशत भाग ओगटेको थियो । सडकले ४.६५ प्रतिशत, कुलोले १.१५ प्रतिशत, पर्ती जग्गाले ०.३१ प्रतिशत र भचाखुशी नदीले १.४७ प्रतिशत क्षेत्र ओगटेको थियो । जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्क वापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको छ । यो दर भनेको खुल्ला क्षेत्र वापत् २.५ प्रतिशत, पूर्वाधार निर्माण वापत ५ प्रतिशत, बाटो वापत् ३.३५ प्रतिशत प्रतिमिटर सडक र कर्नर प्लटका लागि थप योगदान २.७५ प्रतिशतदेखि ९.६ प्रतिशतसम्म हो ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।