sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:३८
लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने

तम्घास  । चन्द्रकोट गाउँपालिकाले गाउँपालिका लिफटिङ प्रविधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज केशीले पालिकाभित्र रहेका लिफटिङ खानेपानी उपभोक्ता समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो ।

यस्तै, पालिकाभित्र मातृत्व र पितृत्व पहिचान नभएका अभिभावक विहीन बालबालिकालाई आवासीय अध्ययनको व्यवस्था गर्ने नीतिलाई प्राथमिकताका साथ राख्ने नीति लिइएको केशीले बताउनुभयो। पालिकाले गाउँपालिका वासीहरूको नागरिकको सरकारी सेवा तथा सुरक्षा निकायमा पहुँच अभिवृद्धि गर्नका लागि लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने छ । विद्यालयमा स्वास्थ्यकर्मी भन्ने मूल नाराका साथ प्रत्येक महिनाको एक पटक विद्यालयका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरूको स्वास्थ्य परीक्षण गर्ने नीति लिएको केशीले बताउनुभयो ।

विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याई सीपमूलक कृषि उद्यमी र आत्म निर्भर हुने नीति अवलम्बन गर्ने नीति लिइएको छ । विद्यालय, स्वास्थ्यचौकी तथा वडा र पालिकामा समेत विद्युतीय हाजिरीमार्फत उपस्थिति नियमन गर्ने कार्यलाई व्यवस्थित गर्ने नीति लिएको केसीको भनाइ छ ।

७० वर्ष कटेका ज्येष्ठ नागरिकहरूको घरदैलोमै प्रत्येक महिना सुगर, प्रेसर लगायतका आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने पालिकाले जनाएको छ ।

सडकतर्फ नयाँ बाटोको ट्रयाक खोल्नुअघि पूर्वाधार विकास समितिको स्थलगत अनुगमन गरी सिफारिस लिनुपर्ने व्यवस्था गर्नुपर्ने नीति पालिकाले लिएको छ । यस्तै, एक वडा एक पोखरी निर्माण कार्यलाई पनि पालिकाले प्राथमिकताका साथ राखेको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid