April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:३८
लिफटिङ खानेपानीको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने

तम्घास  । चन्द्रकोट गाउँपालिकाले गाउँपालिका लिफटिङ प्रविधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज केशीले पालिकाभित्र रहेका लिफटिङ खानेपानी उपभोक्ता समितिको विद्युत्त महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो ।

यस्तै, पालिकाभित्र मातृत्व र पितृत्व पहिचान नभएका अभिभावक विहीन बालबालिकालाई आवासीय अध्ययनको व्यवस्था गर्ने नीतिलाई प्राथमिकताका साथ राख्ने नीति लिइएको केशीले बताउनुभयो। पालिकाले गाउँपालिका वासीहरूको नागरिकको सरकारी सेवा तथा सुरक्षा निकायमा पहुँच अभिवृद्धि गर्नका लागि लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने छ । विद्यालयमा स्वास्थ्यकर्मी भन्ने मूल नाराका साथ प्रत्येक महिनाको एक पटक विद्यालयका विद्यार्थी तथा शिक्षक, कर्मचारीहरूको स्वास्थ्य परीक्षण गर्ने नीति लिएको केशीले बताउनुभयो ।

विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याई सीपमूलक कृषि उद्यमी र आत्म निर्भर हुने नीति अवलम्बन गर्ने नीति लिइएको छ । विद्यालय, स्वास्थ्यचौकी तथा वडा र पालिकामा समेत विद्युतीय हाजिरीमार्फत उपस्थिति नियमन गर्ने कार्यलाई व्यवस्थित गर्ने नीति लिएको केसीको भनाइ छ ।

७० वर्ष कटेका ज्येष्ठ नागरिकहरूको घरदैलोमै प्रत्येक महिना सुगर, प्रेसर लगायतका आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने पालिकाले जनाएको छ ।

सडकतर्फ नयाँ बाटोको ट्रयाक खोल्नुअघि पूर्वाधार विकास समितिको स्थलगत अनुगमन गरी सिफारिस लिनुपर्ने व्यवस्था गर्नुपर्ने नीति पालिकाले लिएको छ । यस्तै, एक वडा एक पोखरी निर्माण कार्यलाई पनि पालिकाले प्राथमिकताका साथ राखेको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।