sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्यानले आईसीसीलाई गरायो ध्यानाकर्षण

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १४:४0
क्यानले आईसीसीलाई गरायो ध्यानाकर्षण

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरेको छ ।

जसमा हरेक टिमले दुई-दुई वार्म अप म्याच खेल्ने तालिका छ । तर एसोसिएट राष्ट्रहमध्ये नेपालले मात्र टेष्ट राष्ट्रसँग वार्म अप खेल्न नपाउने भएको छ ।

नेपाल बाहेक अन्य पाँच राष्ट्रले टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्ने तालिका हुँदा नेपालले भने एसोसिएट राष्ट्र ओमान र यूएइसँग मात्र वार्म अप म्याच खेल्ने तालिका छ ।

त्यसैले टेष्ट राष्ट्रसँग नेपालको वार्म अफ म्याच नराखिएको भन्दै नेपाल क्रिकेट संघ क्यानले आईसीसीलाई ध्यानाकर्षण गराएको छ ।
‘खेलतालिका सार्वजनिक भएपछि हेर्दा नेपालको मात्र टेष्ट राष्ट्रसँग वार्म अप म्याच राखिएको छैन ।

यो असमान व्यवहार भयो जस्तो लाग्यो । नेपालले पनि कम्तीमा एक टेष्ट राष्ट्रसँग वार्म अप म्याच खेल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । हामीले मंगलबारै आईसीसीलाई यसबारे इमेल लेखेर जानकारी गराइसकेका छौँ । जवाफ आएको छैन’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने ।

पाठकले अझै समय रहेकोले वार्म अप म्याचको खेलतालिकाबारे पुनर्विचार गर्न आग्रह गरेको बताए । नेपालले जुन १३ मा युएई र जुन १५ मा ओमानसँग वार्म अफ म्याच खेल्ने तालिका छ ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १४:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid