October 2, 2023 | सोमवार, अशोज १५, २०८०
सुचनाहरु
रास्वपाको यो मुलुकप्रति कुनै दर्शन, योजना, भिजन, नीति र कुनै योजना नै छैन : पृथ्वीसुब्बा गुरुङ जापान पठाउने भन्दै झण्डै आधा करोड ठगी गर्ने म्यानपावर सञ्चालक समातिए कबड्डी जितेर उल्लासमै सुनिताले हजुरआमा गुमाएको खबर पाएपछि….. अनमोलमाथि प्रदीपको प्रतिक्रिया – सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ? सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो उपसमितिको अपूर्णभएको प्रतिवेदनलाई पूर्ण बनाउँन आग्रह बुधबारपछि मौसममा क्रमिक सुधार हुने कोशीको मतगणना पाँच बजेपछि प्रवेश गर्न नदिएको भन्दै मतगणनास्थलमै तोडफोड प्यूठानको लालीगुराँस सहकारीमा लुटपाट संघीय निजामती विधेयकविरुद्ध आन्दोलन भक्तपुरको दुवाकोटमा नेक इन्जेनियम प्रदर्शनी २०२३ हुने सांसद महेश बर्तौला : न्यायाधीशको परीक्षामा फेल हुनेहरु कसरी न्यायाधीश नियुक्त भए ? ‘कीभ बैठकबाट यूरोपेली संघको भविष्यको सीमा निर्धारण’ संसदीय समितिले कैद माफीबारे गृहमन्त्री बोलाएर छलफल गर्ने उडान प्रभावले अधिवेशनमा ओली आउन ढिला सांसदहरु आफ्नो काम र मुलुकको समस्याप्रति जिम्मेवार नभएको कानुनमन्त्री गुरुङको गुनासो शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री महत पेमेण्ट गेटवेमा भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा दायर स्थानीय तहका कर्मचारी सडकमा, कालोपट्टि बाँधेर काम ठप्प

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

  • साझा परिवेश
  • शुक्रबार, पुस १५, २०७९ १0:११
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं, १५ पुस । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरकफरक छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ। सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १५, २०७९ १0:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट