sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बन्दी गृहको उजुरीमा सत्यता छैन : केन्द्रीय कारागार

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० ११:४९
बन्दी गृहको उजुरीमा सत्यता छैन : केन्द्रीय कारागार
  • कारागारभित्र मिटरब्याज र असुली धन्दाको उजुरी
  •  लागूऔषध र मदिराको बेचबिखनको आरोप 
  • उजुरी परेपछि पनि थप निगरानी
  • त्रुटि प्रमाणित भए तत्काल कारबाही गर्ने
  • बन्दी गृहभित्र विकृति छ भन्ने कुरामा सत्यता छैन

काठमाडौं ।।

केन्द्रीय कारागार, काठमाडौंले बन्दी गृहभित्र विकृति रहेको भन्दै परेको उजुरीमा सत्यता नभएको जवाफ कारागार व्यवस्थापन विभागलाई पठाएको छ ।

कारागारभित्र मिटरब्याज र असुली धन्दा चलाएको भन्दै गृह मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको थियो । उजुरीमाथि आवश्यक कारबाही गर्न भन्दै मन्त्रालयले कारागार व्यवस्थापन विभागलाई पत्र लेखेको थियो ।

‘त्यसपछि उजुरीमा उल्लेख भएका विषयहरुमा छानबिन गर्दा उजुरीमा लेखिए अनुसारको स्थिति देखिएन’, जेलर ललितकुमार बस्नेतले विभागलाई लेखेको पत्रमा भनिएको छ, ‘कारागारभित्र लागूऔषध र मदिराको बेचबिखन भएको भन्ने विषयमा छड्के अनुगमन र निरीक्षण भइरहन्छ, उजुरी परेपछि पनि थप निगरानी गरेर आकस्मिक जाँच गर्दा पनि त्यस्तो देखिएन ।’

पत्रमा कारागार व्यवस्थापन कार्यविधि, २०७३ अनुसार आन्तरिक प्रशासनका कर्मचारी नियुक्ति गर्दा उनीहरुको चालचलन र गतिविधिमाथि बुझेर मात्र नियुक्त गर्ने गरिएको भनिएको छ ।

‘आन्तरिक प्रशासनका स्टाफबाट सानोभन्दा सानो त्रुटि प्रमाणित भए तत्काल कारबाही गर्ने गरिएको छ’, पत्रमा भनिएको छ, ‘चौकीदार तथा अन्य आउटर स्टाफहरु कारागार कार्यालयसम्म सुरक्षाकर्मीका साथमा मात्र ल्याउने र लैजाने व्यवस्था रहेका कारण पनि लागूऔषध र मदिरा जस्ता कारागारभित्र प्रवेश निषेध गरिएका वस्तुहरु प्रवेश गराएको भन्ने विषयमा सत्यता छैन ।’

कारागारभित्र लागूऔषध जाँच गर्न समय समयमा तालिम प्राप्त कुकुर समेत प्रयोग गर्ने गरिएको पत्रमा भनिएको छ । ‘यसैक्रममा २ असारमा आकस्मिक रुपमा ३ वटै बन्दी गृहहरुमा एकैपटक डग स्नीफिङ गरिएकामा कुनै पनि प्रकारको लागूपदार्थ फेला परेन ।’

कारागारभित्र मूल्य बढी भएको विषयमा छानबिन गर्दा सूची अस्वभाविक नदेखिएको भन्दै सम्भव भएसम्म सुलभ मूल्यमा पसलहरु सञ्चालन गर्न निर्देशन दिइएको भनिएको छ । कैदीबन्दीका लागि परिवारले दिने रकममा कमिसन राखिएको भन्ने विषय पनि आधार नदेखिएको कारागारले निष्कर्ष निकालेको छ ।

‘कुनै कैदीबन्दीका लागि आएको रकम नेपाल प्रहरीले कारागारको गेटबाट रसिद काटेर पठाउने व्यवस्थापन पहिलेदेखि नै हुँदै आएको र १० हजार रुपैयाँभन्दा बढी रकम पठाउन चाहनेको हकमा रकमको औचित्य र आवश्यकता हेरेर आवश्यक भए मात्र कारागार प्रशासनको अनुमतिमा पठाउने गरिएको छ ।’

कारागारले कार्यालयको आन्तरिक प्रशासन प्रमुखको रुपमा रहने चौकीदारको कार्यकाल एक वर्ष हुने र साउन १ गतेदेखि नयाँ चौकीदार नियुक्ति हुने व्यवस्था भएकाले यस्ता बेला प्रशासनलाई दबाब र प्रभावमा पार्न चलखेल हुने गरेको पनि भनेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid