May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सुन तस्करीमा तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन : प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १0:४८
सुन तस्करीमा तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन : प्रधानमन्त्री प्रचण्ड
  • प्रधानमन्त्रीले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने 
  • सीआईबीले नाम मुछिएका सबैको अनुसन्धान गर्ने 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई भनेको बताएका हुन् ।

‘मेरै दलभित्र पनि जजसको नाम आएको छ । उहाँहररुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु,’ प्रचण्डलाई उद्धृत गर्दै कांग्रेस नेता मधु आचार्यले भने ।

सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएको छ । प्रधानमन्त्रीले उनको पनि बयान लिनुपर्ने बताएका थिए ।
कांग्रेका रुपान्तरण अभियानका ९ जना नेताले आज बिहान प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।

  • साझा परिवेश
  • आइतवार, भदौ १०, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।